सहयोगापेक्षी सडकआश्रित मानवमुक्त व्यास निर्माणमा व्यास नगरपालिका प्रतिबद्ध
२०८२ जेठ २१, बुधबार – व्यास, तनहुँ
व्यास नगरपालिकाले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर निर्माणका लागि पूर्ण प्रतिबद्धता जनाउँदै एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र महाशाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य नगर क्षेत्रमा कोही नभएका, सहयोगापेक्षी, असाहाय र सडकआश्रित व्यक्तिहरूको व्यवस्थापन तथा पुनःस्थापनाको लागि दीर्घकालीन र प्रभावकारी योजना तय गर्नु रहेको थियो।
उक्त अन्तरक्रियामा सहभागी सबैजना मानवसेवा आश्रमसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै मानवीय सेवा कार्यलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धतामा उभिए। यसै सन्दर्भमा मानवसेवा आश्रमले मिति २०८२/०२/२० मा पठाएको पत्र (च.न. ३५५) अनुसार सडकआश्रित मानव व्यवस्था...










