बागलुङ बजारमा बृहत् सडक सेवा सञ्चालन, ६ जना सडक मानवको उद्धार
२०७९ असार १७, शनिबार | बागलुङ
बागलुङ बजारको मुख्य सडक किनारमा विगत लामो समयदेखि बसोबास गर्दै आएका ६ जना बेघर तथा आश्रयविहीन व्यक्तिहरूलाई उद्धार गरिएको छ। ती व्यक्तिहरू सडकमा नै बस्ने, खुल्ला स्थानमै दिशा-पिसाब गर्ने, मदिरा सेवन गरी होहल्ला तथा झगडा गर्नेजस्ता गतिविधिका कारण स्थानीय बासिन्दालाई अत्यधिक हैरानी हुने स्थिति सिर्जना हुँदै आएको थियो।
उद्धार गरिएका व्यक्तिहरूमा अन्त जैशी, आले सार्की, भूपेश नेपाली, मिनबहादुर सार्की, जितेन्द्र गिरी (भारतीय नागरिक) र मीना नेपाली रहेका छन्। तीमध्ये पाँच जना पुरुष र एक जना महिला छन्।
मानव सेवा आश्रम बागलुङ शाखा तथा पोखरा शाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय बागलुङ र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा सम्पन्न भएको यस उद्धार अभियान अन्तर्गत तीन जनालाई मानव सेवा आश्रम बागलुङ शाखामा राखिएको छ भने स्थान अभावका कारण बाँकी तीन जनालाई पोखर...










