एकै दिन झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरे
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार मात्रै झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरेका छन् ।
महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका ३५ जिल्लाबाट झन्डै एक लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन् । भक्तजनको उपस्थितिले यति वेला पोखरा जारी कोटिहोम ऐतिहासिक अद्धितिय र अविस्मरणीय वनेको छ ।
न त भूतकालमा यत्रो यज्ञ भयो न त भविष्यकलामा होला या नहोला तर वर्तमानमा एक महापुरुष जन्मियो जसले शतकुण्डीय महायज्ञ प्रारम्भ गरे यस कारण देशभरबाट भक्तजनको आगमले महायज्ञ अभूतपूर्व बन्यो ।
पश्चिमेली संस्कृतिले पूर्वीय दर्शनलाई कहीँ कतै ढाक्दै गर्दा वर्तमान अवस्थामा हिन्दु धर्म जागरण अभियानका लागि यो भन्दा ठुलो अनुष्ठान नेपालमा अहिले सम्म नभएको कोटिहोममा उपस्थित भक्तजनहरूको आवाज रहेको थियो ।
पोखरामा भएको यो कोटिहोम सुरुवात मात्...












