‘नो पार्किङ’ बोर्डको ठिक छेउमै ट्राफिकको मोटरसाइकल: नियम सर्वसाधारणका लागि मात्रै?
काठमाडौं – राजधानीको व्यस्त क्षेत्र मध्यपुर थिमिमा रहेको ‘नो पार्किङ’ (No Parking) बोर्डको ठिक छेउमै ट्राफिक प्रहरीले आफ्नो मोटरसाइकल पार्क गरेको देखिएको छ। नियम लागू गराउने जिम्मेवारी पाएका ट्राफिक प्रहरी स्वयंले यस्तो नियम उल्लंघन गर्नुले नागरिकहरूमा आक्रोश पैदा गरिरहेको छ।
तस्बिरमा स्पष्ट देखिएअनुसार, ‘दायाँ मोड्न मनाही’ (No parking ) ‘नो पार्किङ’ बोर्ड भएको ठाउँमा ट्राफिक प्रहरीको सरकारी मोटरसाइकल पार्क गरिएको छ। यदि त्यही स्थानमा कुनै सर्वसाधारणले मोटरसाइकल राखेको भए तत्कालै रु ५ सयदेखि १ हजारसम्म जरिवाना हुने सम्भावना रहन्छ।
स्थानीय बासिन्दाहरूले भने, “नियम सबैका लागि बराबर हुनुपर्छ। जब ट्राफिक प्रहरी नै नियम उल्लंघन गर्छन् भने सर्वसाधारणले कसरी विश्वास गर्ने?”
यो घटना नेपालमा नियम-कानुन सबैका लागि समान छैन भन्ने गुनासोलाई थप पुष्टि गर्छ। ट्राफिक प्रहरीले स्वयं उदाहरणीय कार्...











