महेन्द्रनगरमा सञ्चालनमा आयो ग्लोबल इन्स्टिच्युट
कञ्चनपुर । ग्लोबल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड टेक्नोलोजी प्रालिले कञ्चनपुरमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। ग्लोबल इन्स्टिच्युट टेक्नोलोजी प्रालिले महेन्द्रनगरको गल्ली नम्बर ३ मा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो।
बुधबार एक भव्य कार्यक्रमको आयोजना गर्दै शाखाको उद्घाटन गरिएको ग्लोबल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड टेक्नोलोजी प्रालिका संस्थापक बिबी भण्डारीले जानकारी दिनुभएको छ। उक्त इन्स्टिच्युटबाट कोरियन, जापानिज भाषा अध्ययनका साथै, आईल्स, पिटिई, ट्युसन तथा कम्प्युटरका कक्षा सञ्चालन गरिने संस्थापक भण्डारीले बताउनुभएको छ।
विगत १५ वर्षदेखि भारत र नेपालमा ६ वटा शाखा खोलेर विद्यार्थीहरु तथा युवाहरुलाई कसरी सफल बनाउन सकिन्छरु कसरी रोजागारी दिन सकिन्छरु भन्ने सिद्धान्तमा इन्स्टिच्युटले काम गर्दै आइरहेको भण्डारीको भनाई रहेको छ।
ग्लोबल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड टेक्नोलोजी प्रालि...











