Day: २८ भाद्र २०७८, सोमबार

सर्वोच्च अदालतले एमाले अध्यक्ष ओलीको मुद्दा हेर्न नभ्याइने सूचीमा

सर्वोच्च अदालतले एमाले अध्यक्ष ओलीको मुद्दा हेर्न नभ्याइने सूचीमा

राजनीति
काठमाडौँ । सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भनिएको नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध दिएको रिट निवेदन हेर्न नभ्याइने सूचिमा परेको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख, आयोग र लुम्बिनी प्रदेशका सभामुखलाई विपक्षी बनाएर दायर गर्नुभएको रिटमाथिको सुनुवाइ आज हेर्न नभ्याइने सूचीमा परेको हो ।न्यायाधीशहरू दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा सुनुवाइ लागि पेशी तोकिएपनि समय अभावले हेर्न नभ्याइने सूचीमा राखिएको हो । यही भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले उक्त विवादमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेमा आज दुवै पक्षलाई छलफलका लागि बेलाउने आदेश जारी गरेको थियो ।अदालतले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेको मिले वा नमिलेका विषयमा १५ दिनभित्र निर्वाचन आयोगसँग लिखित जवाफ मागेक...
२० युनिटसम्म बिजुली बाल्ने जनतालाई निःशुल्क : मन्त्री भुसाल

२० युनिटसम्म बिजुली बाल्ने जनतालाई निःशुल्क : मन्त्री भुसाल

समाचार
काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर सुधार भएपछि मात्र समृद्ध नेपाल बन्ने बताउभुएको छ । राज्यका सबै निकायले आफ्नो सामाजिक एवं नागरिकप्रतिको दायित्व इमान्दारीपूर्वक पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, वाणिज्य बैंक लिमिटेडको चौंथो केन्द्रीय महाधिवेशनको आज उद्घाटन गर्दै मन्त्री भुसालले भन्नुभयो, “व्यापारिक दृष्टिकोणबाट मात्र हेरेर हुन्न, गरिबी न्यूनीकरणमा योगदान दिनुपर्छ । हामी सबैको पहिलो लक्ष्य गरिबी मुक्त नेपाल बनाउने हुनुपर्छ । सिर्जनात्मक कार्यक्रम अगाडि बढाएर काम गर्नुपर्छ ।”जनआन्दोलनबाट ठूलो राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा त्यति ठूलो परिवर्तन नआएका कारण राजनीतिकर्मी, कर्मचारी एवं उद्योगी तथा व्यापारीका बारेमा आलोचना हुने गरेको सुनाउँदै उहाँले जनताको त्याग र बलिदानबाट प्राप्त परिवर...
एमसीसी विरुद्ध विरोध प्रदर्शनसहित सभालाई सम्बोधन गर्दै : विप्लव

एमसीसी विरुद्ध विरोध प्रदर्शनसहित सभालाई सम्बोधन गर्दै : विप्लव

समाचार
काठमाडौँ । नेत्र बिक्रम चन्द ‘विप्लव’ ५ वर्षपछि काठमाडौको ठुलो सभालाई सम्बोधन गर्ने भएका छन । नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध आज भदौ २८ गते काठमाडौँको खुल्ला मञ्चमा बृहत जनसभा गर्ने भएको छ । एमसीसी विरुद्ध विरोध प्रदर्शनसहित हुने बृहत जनसभालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने बताइएको छ ।खुल्ला मञ्चमा हुने जनसभाको सम्पूर्ण तयारी पूरा भएको नेकपा केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले सुनापति न्युज लाई जानकारी दिनुभयो ।२० हजार भन्दा बढीको उपस्थितिमा हुने एमसीसी विरुद्धको जनसभा लागि हिजोबाट मञ्च सजाउन लागिएको नेता लामाले बताए । काठमाडौँ र आसपासका जिल्लाका ठाउँठाउँमा प्रचारप्रसारका लागि पर्चा वितरण गर्नुका साथै झण्डा, ब्यानर, पम्प्लेट बनाउने र विभिन्न जिल्लाबाट आउने जनमानसहरुको तयारी गरिरहेको बत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज