रूसी नागरिकको उद्धार: मानवसेवा आश्रममा आश्रय
पोखरा, असार ८ – नेपाल प्रहरी र पर्यटक प्रहरीको समन्वयमा पोखराको मुख्य पर्यटकीय क्षेत्रबाट एक असहाय अवस्थामा रहेका रूसी नागरिकको उद्धार गरी मानवसेवा आश्रम, पोखरा कास्कीमा सुरक्षित आश्रय प्रदान गरिएको छ।
उद्धार गरिएका व्यक्ति रूसी नागरिक Sergei Simhenko हुन्, जो करिब ३ महिनाअघि नेपाल आएका थिए। हाल उनले आफूले पासपोर्ट हराएको र परिवारबाट कुनै प्रकारको सहयोग प्राप्त नभएको जानकारी दिएका छन्। उनका अनुसार परिवारले अब आफूलाई सहयोग नगर्ने स्पष्ट रूपमा बताएका छन्। नेपाल आएका बेला साथमा ल्याएको सम्पूर्ण रकम खर्च भइसकेको र हाल आफूसँग कुनै आर्थिक स्रोत नरहेको उनले बताएका छन्।
यस अवस्थाको जानकारी पाएपछि पर्यटक प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरी उनलाई मानवसेवा आश्रममा पु-याएको हो। अहिले आश्रममा उनलाई आवश्यक देखभाल र संरक्षण प्रदान गरिएको छ।
मानवसेवा आश्रमले बेवारिसे, मानसिक रूपमा असहाय, सड...










