रेडियोग्राफरहरूको आवाज: ‘२४ घण्टा खटिने अवस्था अन्त्य गरियोस्’, स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै चेतावनी
काठमाडौं, नेपाल रेडियोलोजिकल सोसाइटीले रेडियोग्राफी सेवा सुदृढीकरण, पेशागत सुरक्षा तथा दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा औपचारिक रूपमा ज्ञापनपत्र बुझाएको छ।
स्वास्थ्य सेवा प्रणालीमा रेडियोलोजी एक अत्यावश्यक सेवा भए पनि यस क्षेत्रलाई उपेक्षा गर्दै आएको भन्दै सोसाइटीले कडा आपत्ति जनाउँदै मागहरू अघि सारेको हो।
सोसाइटीका अध्यक्ष डा. मुकेश कुमार झाले हाल सरकारी अस्पतालहरूमा रेडियोग्राफरको दरबन्दी अत्यन्त न्यून रहेको बताए। “एउटै रेडियोग्राफरले २४ घण्टासम्म लगातार सेवा दिनुपर्ने बाध्यता छ। यो पेशागत शोषणको स्पष्ट उदाहरण हो,” उनले भने।
सोसाइटीका प्रमुख मागहरू:
रेडियोग्राफी सेवा संरचनाको पुनःसंयोजन
सरकारी दरबन्दी संख्या यथाशीघ्र विस्तार
छुट्टै नियमनकारी निकायको गठन
रेडियोग्राफरहरूको पेशागत सुरक्षाको सुनिश्चितता
सोसाइटीले यदि मागहरूमा समयमै सुनु...










