कोटीहोममा भोलि २१ करोड दीप प्रज्ज्वलन गरिँदै
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार २१ करोड दीप प्रज्ज्वलन हुने भएको छ । यति ठूलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दावी छ ।
मानव सेवा फाउण्डेशनका व्यवस्थापक विष्णु थापाले आआफ्नो घरबाट ज्योती लिएर दीप प्रज्ज्वलनमा सहभागी हुन भक्तजनलाई आग्रह गरेका छन् । शनिबार बिहान १० बजे ज्योती भिजाउने र साँझ ६ बजे प्रज्ज्वलन गरिने थापाले बताए ।
शनिबार निर्जला एकादशीसमेत परेकाले फूलको होली खेलिने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
संयोजक ढकालले शनिबार कम्तीमा पनि तीन लाख ५० हजार भक्तजन कोटीहोममा आउने दावी गरे । कोटीहोममा हालसम्म २३ लाख ५० बढी भक्तजन सहभागी भएको उनले जानकारी दिए ।
शनिबारका लागि विभिन्न जिल्लाबाट भक्तजन बोकेर ५५ वटा गाडी शुक्रबार नै पोखरा भित्रिसकेको र दुई सय ५० वटा गाडी आउँदै गरेक...










