कोटीहोममा देवी प्रतिभाको भव्य बिदाई, हजारौँ भक्तजन भावविह्वल
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा जेठ १० देखि कथा वाचन गरिरहेकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको शुक्रबार साँझ भव्य बिदाई गरिएको छ ।
कोटहोमका संकल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले नेपाली काठमा हातले शिवको तस्बिर कुँदिएको मायाको चिनोसहित उनको बिदाई गरेका हुन् । बिदाईमा महाराज, कोटीहोम आयोजक समितिका सहसंयोजक युवक लामिछानेलगायतले देवीलाई डालाका डाला पुष्पार्पण गरेका थिए ।
उनको बिदाईमा कोटीहोम स्थल दुलही अन्माएपछिको घर जस्तै बनेको थियो भने रातिसम्म बसेका हजारौँ भक्तजन भावविह्वल बनेका थिए ।
सो अवसरमा बोल्ने क्रममा महाराजजीले बोल्ने आँटै नआएको भन्दै भावुक बन्न खोजे तर सम्हालिएर बोले । हामी सबै पृथ्वीमा निकै छोटो समयका लागि आएको भन्दै उनले गण्डकी कोटीहोम अत्तराद्र्धमा आएको र देवी प्रतिभा सबैको मन मुटुमा बस्न सफल भए...










