पोखराको कोटीहोममा नियमित रक्तदान, दैनिक ४०-५० युनिट रगत संकलन
पोखरा । पोखरा १७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा सञ्चालित श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा रक्तदान कार्यक्रम दैनिकरूपमा जारी रहेको छ ।
नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा मानव सेवा फाउण्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रम अन्तर्गत दैनिकजसो ४० देखि ५० युनिटसम्म रगत संकलन भइरहेको संयोजकले जनाएका छन् । विशेषगरी शनिबार तथा सार्वजनिक बिदाका दिनमा भक्तजनको उल्लेख्य उपस्थिति हुने भएकाले ती दिन रक्त संकलनको संख्या अझै बढी हुने गरेको छ ।
कोटीहोमको महायज्ञस्थलमा दैनिकरूपमा हजारौँ भक्तजन सहभागी हुने क्रम जारी छ । भक्तजनले धार्मिक सहभागितासँगै सामाजिक उत्तरदायित्व स्वरूप रक्तदानमा समेत उत्साहजनक सहभागिता जनाइरहेका छन् ।
मानव सेवा फाउण्डेशनले स्वास्थ्य सेवा, रक्तदानजस्ता कार्यक्रमलाई कोटीहोमजस्तै धार्मिक आयोजनाबाट समाजमा सकारात्मक सन्देश दिने प्रयासस्व...










