गण्डकी कोटिहोम उल्लासमय, कलाकारदेखि आयोग आयुक्तसम्मको सहभागिता
कास्की,पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति सहित उल्लासमय बनेको छ।
कोटिहोममा चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लगायत पोखरेली चेली चर्चित गायिका समीक्षा अधिकारीको सँगै लोकदोहोरी गायिका पार्वती जिसीको उपस्थिति सहित आज कोटिहोम सङ्गीतमय बन्यो ।
शुक्रबार प्रमुख अतिथीको रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा अमात्य भएको कोटिहोममा टोखा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी सहित १५ जना विशिष्ट व्यक्ति र १ सय जना विद्यार्थी स्वयंसेवीको रूपमा कोटिहोममा आएका छन् ।
सोहि अबसरमा प्रमुख प्रशासकीय अधिकृत बिसीको भजनको भिडियो विमोचन गरि २५ हजार रुपैयाँ दान गरेका छन्। यसै गरि पोखरा महानगरपालिका वडा न १६ स्थित हरिलक्ष्मी गुरुङद्वारा...










