“गण्डकी कोटीहोममा भोलि विशेष सांगीतिक र धार्मिक कार्यक्रम: हास्यकलाकार, महिला रेस्लरदेखि चर्चित लोकगायकसम्मको सहभागिता”
गण्डकी कोटीहोम : भोलि बिहीबार हास्यकलाकार,महिला रेस्लरदेखि राष्ट्रकै चर्चित लोकगायक गायिकासम्मको प्रस्तुति
कास्की, मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटीहोममा भोलि बिहीबारका लागि विशेष आकर्षणको रूपमा हास्यकलाकार जोगिन्दर पानवाला शिव शंकर प्रसाद रिजाल, नेपालकै पहिलो महिला रेस्लर भगवती खड्का युनिका यस्तै शनिबार चर्चित लोकगायक पशुपति शर्मा, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउण्डेशनकी केन्द्रीय उपाध्यक्ष राधिका हमाल को भजन प्रस्तुति तथा विशेष सांगीतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ।
फाउण्डेशनका प्रचारप्रसार संयोजक लेखराज ढकालले यसबारे जानकारी दिँदै धार्मिक कार्यक्रमका साथै मनोरञ्जनात्मक कार्यक्रमहरूलाई पनि सशक्त रूपमा प्रस्तुत गरिएको बताएका छन् ।
ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको अवसरमा बुधबार गण्डकी कोटिहोम परिस...










