भव्य बन्यो गण्डकी कोटीहोमको सुरुवाती दिन , स्वामी कैलाशानन्दद्वारा उत्घाटन
पोखरा १७ बैशाख । पोखरा महानगरपालिका -१७ बिरौटामा हरिहर मन्दिर संगै केहि स्थानियको जग्गामा आज देखि सुरु भएको गण्डकी कोटीहोम भव्य रुपमा सम्पन्न भएको छ । कोटीहोमको प्रथम दिन आज माननीय देखि लिएर पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।
महायज्ञको आज भारतीय चर्चित स्वामी कैलाशानन्दजीले उत्घाटन गरेका थिए । उत्घाटन पछि उनले कृष्णलिला कथा सुनका थिए ।उनको उपथितीले महायज्ञको थप शोभा बढाएको महायज्ञका संकल्पकर्ता विजयमुक्ति महाराजले जनाकारी दिए । उत्घाटनमा आज कास्की जिल्ला नेपाली कांग्रेस सभापति किशोर बराल , पत्रकार सन्तोष देउजा ,आदिले मन्तब्य राखेका थिए ।
सुरुवाती समयमा नै राम्रो साथ भएको आयोजकले अबको दिनमा थप भक्तजन बढ्ने प्रति बिश्वास लिएको थियो । दैनिक रुपमा कथा बाचन गर्दै आएकी कथा बचिका देवी प्रतिभाको महायज्ञमा आज अन्तिम दिन हो । यस अघि कथा बाचिका अनुराधा पाण्डेले आफ्नो कथा बाचन सकिसकेकी हु...










