पोखरामा ऐतिहासिक कोटिहोम महायज्ञको सन्देश बोकेर बैशाख ११ गते साइकल र्याली, धार्मिक सद्भाव र पर्यटन प्रवर्द्धनमा जोड
पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञ को प्रचार प्रसार गर्दै धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन मानवसेवा फाउण्डेशनले यहि बैशाख ११ गते विहान ७ बजे साइकल र्याली गर्ने भएको छ ।
बिरौटा कोटीहोम स्थलबाट शुरु भएको साईकल र्याली ड्यामसाईड—लेकसाइड हुँदै हल्लनचोक—जिरोकिलोमिटर—मालेपाटन—बाग्लुङ्ग बस पार्क हुँदै बिन्दवासिनी मन्दिर—भैरवटोल—नालामुख—तेश्रापट्टी हुँदै महेन्दपुल—चिप्लेढुङ्गा हुदै न्यूरोड—सभागृहचोक हुँदै पृथ्वीचोक—नागढुङ्गा—पुरानो एयरपोर्ट तथा पार्दी हुँदै पुन कोटीहोम स्थल विरौटामा गइ समापन हुने मानवसेवा फाउण्डेशनले जनाएको छ ।
स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवर्द्धनका लागि साइकल र्यालीले महत्वपूर्ण सन्देश प्रवाह गर्ने, साइक्लिङका माध्यमबाट इन्धनको बचत गर्न, मानव स्वास्थ्यलाई सधैँ चुस्त राख्न र यसका माध्यमबा...










