केटीहरू नुहाउँने बेला आफ्नो शरीर हेरेर यस्ता अचम्म लाग्दा कुराहरु सोच्छन



महिलाहरुलाई आफू नुहाउदै गर्दा पनि विभिन्न खालको चिन्ताले सताउने एउटा अध्ययनले देखाएको छ । धेरै जस्तो महिलाहरुले नुहाउदा आफ्नो शरीर र कपालको बारेमा चिन्ता गर्छन् ।

यस बाहेक उनीहरु बाथरुमभित्र आफैसँग छिल्लिने गरेको समेत अध्ययनले पत्ता लगाएको छ । सम्बन्धको चिन्ताः केटीहरू अक्सर सम्बन्धबारे चिन्तित रहन्छन् । उनीहरू सधैं दिगो सम्बन्धको खोजीमा हुन्छन् ।

त्यसैले उनीहरू अक्सर हाम्रो सम्बन्ध कत्तिको टिकाउ हुनेछ रु के हामी सधैं यस्तै गरेर खुसी रहन सकौंला आदि सोचमा हराउने गर्दछन् ।

कपालबारे चिन्ताः केटीहरू आफ्नो कपालबारे पनि चिन्ता गर्ने गर्दछन् । नुहाउँदा केही कपाल झर्नु सामान्य कुरा हो तर केटीहरू भने यसबारे केही बढी नै गम्भीर भइदिने गर्दछन् ।

त्यति मात्र होइन उनीहरू नुहाउँदा विभिन्न हेयरस्टाइल कस्तो लाग्दो रहेछ भनेर ऐनामा समेत हेर्ने गर्दछन् । मोटी भएँ कि भन्ने डरः नुहाउँदा केटीहरू चिन्तित हुने अर्को विषय हो मोटोपना ।

अक्सर केटीहरू बाथरूमभित्र आफ्नो नग्न शरीर हेरेर आफ्नो फिगरबारे चिन्तित हुने गर्दछिन् । उनीहरूलाई त्यसबेला आफू मोटी भएको र अब शारीरिक व्यायाम थाल्नुपर्ने लाग्ने गर्दछ ।

प्रेमीको बारेमा सोच्नुः केटीहरूले बाथरूममा आफ्नो प्रेमीको कल्पना समेत गर्ने गरेको बुझिएको छ । त्यती मात्र होइन प्रेमी भएका केटीहरू आफ्नो प्रेमीबारे सोचेर लजाउने उसले गरेका प्रशंसाहरू सोचेर खुसी समेत गरेको थाहा हुन आएको छ ।

समयबारे चिन्ताः केटीहरूले नुहाउँदा आफ्नो फिगर, सुन्दरताबारे त चिन्तित हुन्छन नै त्यसका साथै उनीहरूलाई आफूले नुहाउँदा धेरै समय लगाएको र मानिसहरूले के भन्लान् भनेर समेत चिन्तित हुने गर्दछन् ।