भियग्रा प्रयोगले कति समय सम्म यौन क्षमता बढाउँछन् ? थाहा पाईराख्नुस



कमजोर यौन क्षमता भएका अधिकांश मानिसहरू भियग्राको प्रयोग गरी यौन क्षमता बढाउँछन् । यसको प्रयोगपछि केही समय त शरीरका लागि ठीकै होला तर, साइड इफेक्ट पनि प्रशस्तै देखाउँछ । भियग्राको जथाभावी प्रयोगले कहिले कहि ठूलो समस्या पनि ल्याइदिन सक्छ ।

जानी राखौं भियग्रा बारे १५ तथ्यः—
-भियग्रा एक औषधि नै हो । यसले रक्तचाप अस्वभाविक रुपमा केही समयका लागि बढाईदिन्छ ।
-यो हल्का निलो रङ्ग र हिराकारको हुन्छ ।
-यसको ब्राण्ड नाम सिडेनाफिल सिट्रेट हो ।
-यसलाई पुरुषको यौनक्षमतासँग पनि जोड्ने गरिन्छ । यौनक्षमता कम भएका पुरुषहरुले यो प्रयोग गर्ने गर्छन् । -भियग्रा खाएपछि पुरुषको लिङ्गमा अस्थायी रुपमा रक्त प्रवाह बढ्छ ।
-यसलाई पुरुषको यौनक्षमता अस्थायी रुपमा सक्रिय बनाउने औषधिका रुपमा लिने गरिन्छ ।
-भियग्रा बारे सन् १९९८ मा पहिलो पटक इन्टरनेटमा सूचना अपलोड भएको थियो ।
-मानिसहरू यसको प्रयोग क्लब ड्रग, एक्स्टसी, कोकीन, तथा स्पीडका रुपमा पनि प्रयोग गर्छन् ।
-भियग्रा एक गोली खाएपछि यसको असर आधा घण्टादेखी एकघण्टासम्म रहन्छ ।
-चिकित्सकको सल्लाहविना यो औषधि एक पटकमा एउटा भन्दा बढी खानुहुदैन ।
-यसको सेवन केवल पुरुषले मात्रै गर्नु पर्छ ।


-कसै कसैलाई यसको सेवनपछि साइड इफेक्ट तत्काल देखिन थाल्छ । जस्तैं : टाउको दुख्ने, छाला रातो हुने, पेटमा गडबडी हुने, मांशपेशीहरू दुख्ने आदि ।
-मुटुको समस्या भएकाहरूले भियग्राको गोली बिर्सेर पनि खानुहुदैन । उनीहरूले यो औषधि खाए मुटुको रक्तचापमा वृद्धि भई हृदयघात समेत हुनसक्छ ।
-अर्को कुनै औषधि सेवन गरिहेकाले भुलेर पनि भियग्रा खानु हुँदैन ।
-ब्लड प्रेसरको औषधि लिइरहेकाहरूले पनि प्रेसरको औषधि र भियग्रा खाएमा परिणाम खतरनाक हुन सक्छ । यसकारण एउटा औषधि खान बन्द गरेर मात्र अर्को औषधि खान सुरु गर्नुपर्छ ।
-यदि तपाई अनलाइनको माध्यमबाट भियग्रा खरिद गर्दै हुनुहुन्छ भने, ख्याल गर्नुहोस् : तपाइले डाक्टरले सिफारिस पर्ची अनिवार्य देखाउनुपर्छ । कतिपय देशमा भियग्रा खरिदबिक्री गैरकानुनी काम हो ।
यदि तपाई कमजोर यौन क्षमताको हुनुहुन्छ तथा शीघ्रपतनको समस्याबाट पीडित हुनुहुन्छ भने कुनै पनि औषधि प्रयोग गर्नुअघि चिकित्सकको सम्पर्कमा जानु बुद्धिमानी हुन्छ । किनभने, कतिपय अवस्थामा मानोवैज्ञानिक प्रभावले पनि यौनक्षमता कम भइरहेको हुनसक्छ ।

सेक्स पावर बढाउने भियग्रा कस्तो औषधि ? यसको सेवनले कुनै हानीहुन्छ कि हुँदैन ? जानीराखौ

एजेन्सी । दुर्बलता कम गर्ने भियग्रा भनेको कस्तो खालको औषधि हो ? यसले कसरी यौन दुर्बलता कम गर्छ ? यसको सेवनले कुनै हानि हुन्छ कि हुँदैन ?

-औषधि विज्ञानका विभिन्न आविष्कारमध्ये यो पनि लोकप्रिय आविष्कारमा पर्छ । भियग्राले यौन दुर्बलताका कारण चिन्तित एवं हीनताबोधले पीडित व्यक्तिलाई पुरुषत्व फर्काउन मद्दत गर्छ ।

नेपालजस्तो खुल्लापन नआइसकेको समाजमा यौनबारे छलफल गर्न गाह्रो छ । वीर्य स्खलनको कार्य चरणबद्ध रूपमा हुन्छ । यसका लागि यौनेच्छा जाग्नुपर्यो, यौनांग उत्तेजित हुनुपर्यो । अनि मात्र उत्तेजित लिंगबाट स्खलन सम्भव हुन्छ । त्यसो त सामान्य पुरुषको निद्रावस्थामै पनि चारदेखि आठ पटकसम्म आफसे आफ यौनांग उत्तेजित हुन्छ ।

र, कहिलेकाहीँ कसैसँग संसर्ग गरेको सपनाले निद्रामा नै स्खलन पनि हुन्छ । यौनांगमा हुने रक्तप्रवाहले यसलाई उत्तेजित अवस्थामा राखिराख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । पुरुष यौनांग बेलुनजस्तै हो । बेलुनमा हावाको चाप राखेपछि ठूलो हुँदै आएजस्तै पुरुष यौनांगमा पनि रक्तप्रवाहको चाप ९प्रेसर० बढ्यो भने यौनांगमा रहेका सिगार आकारका बनावटमा अल्पकालीन रूपमा रक्तप्रवाह थुनिन गई यौनांग कडा र लामो हुन्छ ।

जब मानिसको मनमा यौनेच्छा जाग्छ, तब यौनांगमा रगत प्रवाह गर्ने धमनी खुल्ला हुन्छ भने रगत फर्काएर लाने शिरा खुम्चिन्छ । यसको परिणाम स्वरूप यौनांगमा पर्याप्त मात्रामा चाप पैदा भई यौनांग लामो र कडा हुन्छ ।

यदि यौनांगमा रगत ल्याउने धमनी राम्ररी खुल्न सकेन भने यौनांग उत्तेजनमा आउनै सक्दैन र मानिस यौन दुर्बलताको शिकार हुन्छ । वृद्ध अवस्थाले छुन थालेपछि यौनांगमा रक्तप्रवाह गर्ने नली (धमनी) पर्याप्त मात्रामा खुल्ला हुन सक्दैन ।

भियग्राले यौनांगमा नाइट्रिक अक्साइडको कामलाई बढावा दिन्छ । यसले पुरुष यौनांगको मांसपेशी खुकुलो बनाइदिन्छ । जसका कारण रक्तप्रवाह बढ्न गई यौनांगको कमलो तन्तु बिस्तारै लट्ठीजत्तिकै कडा र दह्रो हुँदै आउँछ अर्थात् उत्तेजना पैदा हुन्छ ।
यौन दुर्बलताको समाधानमा सन् १९८३ मा ठूलो उपलब्धि हात लाग्यो ।

यसअघि यौन दुर्बलतालाई नितान्त मानसिक समस्याका रूपमा लिइन्थ्यो । सन् १९८३ मा अमेरिकामा भएको मूत्ररोग विशेषज्ञहरूको जमघटमा डा। गिलेस विन्डलेले आफ्नै यौनांगा फेन्टोलेमाइन नामक सुई लगाई स्टेजमा आए र सबैको सामु पाइन्ट फुकालेर औषधिले पनि यौनांगलाई उत्तेजनामा ल्याउन सकिन्छ भन्ने कुरा प्रमाणित गरी देखाइदिए ।

सन् १९८० को मध्यताका यौन दुर्बलताका रोगीले भटाभट आफ्नो यौनांगमा सुई हान्दै अस्थायी तवरले आफ्नो पुरुषत्व फर्काउने गर्थे । तर, सन् १९९८ देखि मुखबाट खान मिल्ने गरी ट्याब्लेटको आकारमा विकसित भियग्राले त्यत्तिकै प्रभावकारी काम गरेर धेरै सजिलो बनाइदियो । र, फेन्टोलेमाइनले तुरुन्तै र अनियन्त्रित रूपमा यौन उत्तेजना ल्याउँथ्यो भने भियग्राको असर कुनै व्यक्तिले यौनेच्छा प्रकट गरेपछि मात्र देखिन्थ्यो ।

दुई दशकअघिदेखि यौन उत्तेजनासम्बन्धी समस्या भएकालाई लक्ष्य गरी फाइजर कम्पनीले बजारमा ल्याएको भियग्राको सेवनले पुरुष यौनांगको रक्तप्रवाहमा अदलीबदली गरी अपेक्षित मोटोपना ल्याउँछ । भियग्राले यौनेच्छा, यौन क्षमता, यौनांगको आकार बढ्ने धारणाका कारण पछिल्ला वर्षमा अधबैँसेमाझ यो औषधि लोकप्रिय हुँदै आएको छ ।

लामो समयसम्मको विमानयात्रापछि हुने जेट ल्यागबाट छुट्कारा पाउन भियग्राले मद्दत गर्छ भन्ने तथ्य पत्ता लगाएका कारण सन् २००७ मा अर्जेन्टिनी टोलीले हवाई क्षेत्रको नोबेल पुरस्कार पाए । भियग्राको सेवनले मांसपेशीमा रगत प्रवाह बढाउँछ भन्ने गाँठी कुरा थाहा पाएर एथलेट ९खेलाडी०ले पनि आफ्नो प्रदर्शन उकास्न भियग्राको सेवन गर्ने गरेका छन् । फोक्सोको रक्तचाप बढेमा, उच्च लेकको रोकथाम तथा उपचारमा पनि भियग्राको प्रयोग भइरहेको छ ।

मधुमेह एवं उदासीबाट ग्रस्त बिरामीमा रोग वा त्यसका लागि प्रयोग गरिने औषधिका कारणले पनि उत्पन्न हुने यौन दुर्बलतालाई निराकरण गर्न यसको उपयोग भइरहेको छ ।

यौन दुर्बलता भएकाले यौन सम्पर्क कार्यको आधादेखि चार घण्टाअगाडि बढीमा एक पटक मात्र २५ देखि सय मिलिग्राम भियग्रा सेवन गर्न मिल्छ । एक दिनमा योभन्दा बढी सेवन गरेको खण्डमा नकारात्मक असर देखिन थाल्छ ।

धेरैजसोलाई टाउको दुख्ने, तातो अनुभव हुने, नाक रसिलो हुने, आँखा धमिलो हुने, उज्यालोमा हेर्न कठिनाइ हुने, कतिपयले सबै कुरा नीलो देख्नेजस्ता साइड इफेक्ट हुन्छन् । बिरलैलाई मात्र यौनांग निरन्तर रूपमा उत्तेजित भइरहने, रक्तचाप स्वाट्टै घट्ने, हृदयाघात हुने, मस्तिष्कघात हुने, एक्कासि कान नसुन्ने हुन्छ । उच्च रक्तचापको औषधि सेवन गरिरहेका तथा एचआईभीको औषधि सेवन गरिरहेकाले भियग्रा खानु हुँदैन ।

यस्तो अवस्थामा भियग्राले नकारात्मक असर बढाउँछ । मुटुको औषधि खाइरहेका, यौन सम्पर्क राखेमा हृदयाघातको जोखिममा रहेका, कडा खालको कलेजो तथा मिर्गौलाका रोगी, हालसालै मस्तिष्कघात तथा हृदयाघात भएका व्यक्तिले भियग्रा सेवन गर्नै हुँदैन ।

किन केटाहरु सानो टाईट योनि र केटिहरु ठुलो लामो लिङ्ग मन पराउछन ? जानीराखौ

पातलो शरीर छिनेको कम्मर भएकी युुवतीले जो कोहि युवालाई पनि सजिलै आकर्षित गर्न सक्दछिन् । सामान्यतया मोटो शरीर भन्दा सरलक्क ज्यानमा भएकी युवती नै युवाहरुको रोजाइमा पर्ने गरेको विभिन्नअध्ययन अनुसन्धानहरुले पनि पुष्टि गरिसकेको छ । “इभोलुुसनरी फिटनेस” नामक एक उपन्यासमा पुरुषहरुले जिवनसाथी रोज्दा किन पातलो शरीरमा बढि ध्यान दिन्छन् भनि लेखिएको पनि छ ।

पातली युवती बढि राम्री र स्वस्थ हुने पूर्वधारणा बनाएका हुन्छन् र केहि हदसम्म यो साँचो पनि हो । विभिन्न देशहरुमा हुने आकर्षक युवती प्रतियोगितमा युवतीको पातलो शरीरलाइ पहिलो प्राथमिकता दिएर मुल्याङन गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमै हेर्ने हो भने युवतीहरुको शरीर इन्डेक्स १९ हुँदा असाध्यै आकर्षक हुने रेट गरिएको छ ।

आदर्श र मोडल हुनको लागि भने बडी माक्स इन्डेक्स २४ देखि २४.८ हुनुपर्ने बताइएको छ । मसिनो शरीरले वास्तविक भन्दा कम उमेर देखाउने भएकाले पनि यस्ता केटीहरु पुरुषहरुलाइ साह्रै मन पर्छन् । इन्स्टिच्युट अफ जेनेटिक्स एण्ड डेभलमेन्टल बायोलोजीका अगुवा अनुसन्धानकर्ता जोन स्पिकमेनका अनुसार २० वर्ष उमेर पुगेका केटीहरुमा १७ देखि २० बडी माक्स इन्डेक्स मेन्टेन गर्ने हो भने उनिहरुलाइ प्रजनन सम्बन्धी रोग लाग्ने कम सम्भावना हुन्छ ।

युरोपियन, अफ्रिकन र एसियन राष्ट्रका युवतीहरुमा परिक्षण गरि हेर्दा यो सत्य साबित भएको छ । मोटी केटीहरु कम आकर्षित देखिनुका साथै पुरुषहरुको तुलनामा उनीहरुमा मधुमेह, हृदयधात तथा प्रजनन सम्बन्धी रोगहरु लाग्ने खतरा हुने स्पिकम्यान बताउँछन् । आर्कषक देखिने लोभमा अत्ति पातलो शरीर बनाउनुभने प्राणघातक हुन सक्ने विज्ञहरु बताउँछन् ।

अन्डरवेयर नलाई राति किन सुत्ने ? यस्तो रहेछ कारण

एजेन्सी : १ फेब्रुअरीमा अल्डरसटस्थित रिजनल कमाण्ड हेडक्वार्टरमा औपचारिक घोषणापछि खाम्चालाई अहिले बधाइ ग्रहण गर्दैमा भ्याइ नभ्याइ छ । ‘भाग्य, खुबी, मिहिनेत र कामप्रति इमान्दार नै मेरो सफलताको कारण होला’, खाम्चाले आइतबार भने, ‘म एकदम खुसी छु ।

एकजना गोर्खा सैनिक बेलायती सेनाको उच्च तहमा पुग्न सफल भएका छन् । ५० वर्षीय टोल खाम्चा मगर गत बिहीबार लेफिटनेन्ट कर्णेल पदमा पदोन्नति भएका हुन् । उक्त पद बेलायती सेनाको छैटौं वरीयतामा छ ।

यो प्रमोसन असम्भव त थिएन तर सिपाहीदेखि भर्ती भएर यहाँसम्म आइपुगिएला भन्ने सोचेकै थिइनँ।’ उनको पदावधि अब करिब ५ वर्ष हुनेछ। ‘रिटायर्ड हुँदा नेपाल र नेपालीको इज्जत राखेर फर्कन्छु’, उनले सुनाए।ब्रिटिस सेनामा गोर्खा भर्ती सुरुआतको झण्डै २०२ वर्ष अवधिमा खाम्चा उच्च तहमा पुग्ने चौंथो नेपाली हुन्। यसअघि उक्त पदमा लालबहादुर पुन, विजय रावत र यामबहादुर राना पुगे पनि उनीहरु अहिले रिटायर्ड भइसके।

स्याङ्जा शिरकोट करादीमा जन्मिएका उनले प्राथमिक तह गाउँमै पढे। बुटवलबाट एसएलसी। उनका बावु पनि दोस्रो विश्वयुद्ध लडेका योद्धा थिए। तर, बावु आर्मीमा लागे ‘घर न घाट’को भइन्छ भन्ने ठान्थे ।

छोरालाई कानुन पढाउने बावुको इच्छाविपरीत खाम्चा पुल्चोक इन्जिनियरिङ क्याम्पस भर्ना भए। कलेजका साथीहरु भर्ती हुन जाने हल्ला सुनेपछि उनी पनि पछि पछि लागे। ‘म शारीरीक रुपमा त्यस्तो दरिलो पनि थिइनँ तर भाग्य र साथीको संगतले आर्मीमा भर्ती गरायो’, उनी विगत सम्झन्छन्।सन् १९८७ जनवरीमा आर्मी भर्ती भए उनी ।

खाम्चाको पल्टन क्विन्स् गोर्खा सिग्नल भए पनि अहिले बाहिर बसेर काम गरिरहेका छन् । सेवाका दौरान खाडी युद्धमा साउदी अरब पुगे । कोसोभो, टर्की, इराक, अफगानिस्तानलगायत कयौं देश खटिए । अमेरिकाले सन् २००३ मा इराक हान्दा खाम्चा अमेरिकी र ब्रिटिस सेनासँग मिलेर कतारमा योजना बनाइरहेका थिए ।

सन् २०१६ मे देखि डिसेम्बरसम्म ८ महिना उनले बग्दाद र कुवेतमा काम गरे । आतंककारी संगठन आइएसले इराकको बग्दाद कब्जा गर्न प्रयत्न गरिरहँदा अमेरिकी, ब्रिटिससहितको संयुक्त सुरक्षा फौजअन्तर्गत चिफ अफ स्टाफ भएर कमाण्डरको तर्फबाट हेडक्वार्टर सञ्चालन गर्ने जिम्मा उनलाई थियो ।

कमाण्डरलाई सल्लाह सुझाव दिने र प्राथमिकता के हो भनिदिने गर्थे उनी।सन् २०१२ फेब्रुअरीमा अफगानिस्तान गएर जुलाईमा फर्किए उनी । अफगानिस्तान र इराकको अवस्था फरक थियो । इराकमा अमेरिकी सेनाले नेतृत्व गरिरहेको थियो ब्रिटिस सेनाको सपोर्टिङ रोल मात्र ।

तर, अफगानिस्तानमा लडाइँ हुँदा ब्रिटिस सेना अग्रपङ्तिमा । त्यतिखेर खाम्चाले योजनासहित सञ्चार उपकरणहरु किनेर ब्रिटिस सेनालाई पठाउने काम गरे। चार महिना जति त उनी आफूले पठाएको सञ्चार सामाग्रीको प्रभावकारिता बुझ्न फिल्डमै पुगे ।

विश्वमै कहलिएको बेलायतस्थित सैनिक शिक्षालय रोयल मिलिट्री अकाडमी स्याण्डहर्सटमा कमाण्डिङ अफिसर पछिको भूमिका समेत उनले निर्वाह गरे।बेलायतको नेपाली समुदायसँग निकट रहे पनि जातीय, धार्मिक र राजनीतिक मुद्दाबाट टाढा नै बस्न रुचाउने उनले बताए । नेपाल आउजाउ गरिरहन्छन् उनी । सोमबारबाट जिम्मेवारी सम्हाल्ने उनले कामका सिलसिलामा नेपाल नै जान सकिने संकेत पनि गरे ।

…र परपुरुषहरुसँग फेसबुकमा जिस्किने गर्छु ! पुरुषले मात्र पढ्नु होला

पहिलो पटक जब फेसबुकमा उसको म्यासेज आयो म झस्किएँ । मुटुको गति थामिए जस्तै भयो । श्रीमान घरमा हुनुन्थेनन् । फेरी पनि मैले कुनै गलत गर्दैछु झैं लाग्यो । अनलाईनमा आएको एउटा म्यासेजलाई हेर्न पनि मैले यता–उता हेरेँ, कसैले देखेको पो छ कि ?

आफैमाथि हाँसे अनि सोचे घरमा कोही पनि छैन् त कोसँग डराएको होला । उसले म्यासेजमा– ‘हाय म तीमीसँग मित्रता गाँस्न चाहन्छु’ भनेर लेखेको थियो । म्यासेज पढेर मुहारमा मन्द मुस्कान आयो । तर, आफैलाई होईन जस्तो गरी सम्माहले ।

‘एउटा नचिनेको मान्छेको अनलाईनमा म्यासेज आउँदा मैले चाँसो किन राख्नेँ ?’ श्रीमानको कुरा मनमा आउने बित्तिकै मनमा कस्तो घोँचे जस्तै भयो । त्यो उनको चिसोपना हो कि कुनै नचिनेको मान्छेले लेखेको ‘हाय’ले पनि मेरो मनमा काउकुती लगाई रहेको थियो ।

शायद मैले उसलाई कुनै प्रतिउत्तर नदिन पनि सक्थेँ तर उनी प्रति ममा यति धेरै रिस उठी रहेको थियो कि मैले पनि ‘हाय !’ भनेर लेखि पठाएँ । थाहा छैन कसरी हो उसलाई म एयर होस्टेज हुँ भन्ने लागि रहेको रहेछ । मैले उसलाई साँचो कुरा भन्न सक्थेँ तर त्यति बेला जिस्कीदा मलाई पनि मजा आई रहेको थियो ।

सानैदेखि सबैले ‘तिमी कति राम्री’ भनेको सुनेर हुर्केकी थिएँ । दुध झैँ रंग, ठुला–ठुला आँखा, सुन्दर मोहडा र मिलेको सुन्दर ज्यान जोबन । तर मेरो परिवारलाई मेरो बिहे गरिदिने कुरा ठुलो थियो । जुन केटा पहिलो चोटी हेर्न आयो त्यसैसँग लगाएर पठाई दिए ।

तर त्यो मान्छेलाई न रोमान्ससँग मतलब छ न मेरो भावनासँग । मलाई के लाग्थ्यो भने बिबाहपछि मेरा श्रीमानले मलाई आँखा भरि हेर्नेछन्, रिसाएँ भने फकाउने छन्, ‘सप्राईज’ दिनेछन् र कम्तीमा केही हुन सकेन भने एक कप चिया त पकाउने छन् ।

तर म के देख्छु, त्यो मान्छेको जीन्दगी त पुरै मेशिन जस्तो रहेछ– बिहान उठ्यो, आफ्नो अफिस गयो, राती दश बजे आयो खाना खायो र सुत्यो । त्यस्तो होईन कि मलाई यी कुराहरु थाहा छैनन् । तर आफ्नी श्रीमतीलाई माया गर्न, उसलाई आँखाभरी हेर्न र अंगालो हालेर मायाका दुईटा शब्द बोल्न कति पो समय लाग्छ र ?

कि त मेरो श्रीमानमा यस्ता भावनाहरु नै छैनन् अथवा यस्ता कुरा भन्दा उनलाई आफ्नो पुरुषार्थमा धक्का लागेको महशुस हुन्छ । सेक्स गर्छन् तर रोमान्स पटक्कै गर्दैनन् । बिहे भएको एक बर्ष भयो तर अझैसम्म पनि हामीले ‘फोरप्ले’ गरेका छैनौँ ।

मैले जतिसुकै मिठो खाना पकाउँ अथवा घरलाई जति सुकै चिटिक्क पारेर राखुँ एक शब्द पनि बोल्दैनन् । सोध्यो भने ‘ठिक छ’ भन्दिनछन् । यी र यस्तै कुराहरुमा हराएकी थिएँ कि आकाशले मलाई फेरी झस्कायो । उ मेरो फोटो देख्न चाहन्थ्यो ।

इन्टरनेटको दुनिया मेरा लागि नयाँ थियो । फेसबुक पनि उनले नै खोली दिएका थिए । ‘फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट’ गर्न पनि उहाँले नै सिकाएको हो । तर फोटो पोस्ट गर्न डर लाग्थ्यो ।

तर आकाश मलाई हेर्न बेचैन थियो । केही दिनसम्म मैले उसलाई अल्झाई रहेँ । त्यसपछि मैले उसलाई म एयरहोस्टेज होईन भनिदिएँ । फोटो पठाई पनि दिन्थे तर मसँग कुनै ढंगको फोटो पनि थिएन ।

आकाश पनि बिबाहित थियो । तीन बर्षको छोरो थियो उसको । मल्टीनेशनल कम्पनीमा पनि काम गर्ने रहेछ । विदेश जाने आउने गरि राख्ने । निकै पार्टीहरु हुन्थे जाहाँ केटीहरुले चुरोट खानु निकै आम कुरा थियो । तर मेरा लागि नयाँ ढंगको रोमान्च थियो ।

उसकी श्रीमती पनि एउटा ठुलो कम्पनीमा काम गर्दिरहिछन् । उसले नै उनीहरुले एक अर्कालाई धेरै समय दिन नसकेको कुरा भन्थ्यो । एक दिन उसले भन्यो– ‘आज म निकै दुःखी छु । मेरी श्रीमती मसँग यसकारण कुरा गर्न मानिरहेकी छैन् किनभने उ एउटा मिटिङमा छे ।’

म उसको भावना बुझ्न सक्थेँ । हरेक दिन जसो कुरा गर्दा निकै आनन्द हुन्थ्यो । यो सबै कुरा मसँग पहिलो पटक हुँदै थियो । एक चरण त कस्तो लाग्ने भने सक्दो छिटो काम सकेर कुरा गरौँ झैँ लाग्ने । एक दिन उसले वेवक्याममा आउन भन्यो । म डराएर अफलाईन भएँ । कस्तो लाग्यो भने आजैको दिन मैले नुहाएकी छैन यस्तै देख्यो भने के सोच्ला ।

तर अब उ मलाई जसरी भए पनि हेर्न जिद्दि गर्न थाल्यो । के गरौँ के गरौँ भएर म उदेखि टाढिन थालेँ । उ अनलाईन हुने समय म अफलाईन हुन थालेँ । केही दिन यस्तै चलि रह्यो अनि एक दिन रिसाएर उसले मलाई ब्लक गरि दियो ।

हाम्रो कुनै सम्बन्ध थिएन तर पनि उ नहुँनाले मेरो जीवनमा झनै रित्तोपन थपियो । आफैमाथि रिस उठ्न थाल्यो कि म जागिर किन गर्दिनँ । पैसा कमाउन सक्ने थिएँ भने आफ्नै ढंगले निर्णयहरु गर्न सक्ने थिएँ । त्यसको केही समयसम्म म कसैसँग बोलिनँ तर, जति बेला पनि आकाशकै कुरा मनभरी खेल्थ्यो । उसँग हुँदा दिन कति छिट्टै बित्थ्यो । केही नभई त्यसै एक्लै हाँस्ने गर्थेँ ।

त्यसरी हेर्ने हो भने यसको सबै भन्दा ठुलो फाईदा मेरो श्रीमानलाई नै भयो । उनले केही पनि नगरिकन मेरो जीवनको त्यो खाली ठाउँ भरिएको थियो जुन कुरा उनले कहिलै देख्न सकेनन् । फेरी अर्को कोणबाट सोच्ने हो भने मैले केही गल्ती पनि गरेकी होईन ।

न मैले कसैलाई धोका दिए न म कसैसँग सुतेँ । मात्र कुराकानी गरेँ त्यो पनि केका लागि भन्दा म कसैकी श्रीमती मात्र होइन म मान्छे पनि त हुँ जसका आफ्ना केही इच्छा आकांक्षाहरु हुन्छन् । अब के गर्ने र के नगर्ने भन्ने दुविधामै केही दिन थप बिते ।

त्यसपछि एक दिन यसै गरी एउटा केटाको प्रोफाईल हेरेँ । अनुहार पनि राम्रै थियो । थाहा छैन मलाई के लाग्यो मैले उसलाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएँ । उसले भन्यो– ‘तपाईं त बिबाहित हो अनि मलाई रिक्वेस्ट किन पठाएको ?’ मैले भने– ‘के बिबाहित महिलाहरुले साथी बनाउन हुँदैन ?’

त्यसपछि के थियो कुरा अगाडि बढ्यो । म आज पनि उसको सम्पर्कमा छु । यसैगरी एक दिन फेसबुकमा एउटा प्रोफाईल देखेँ जसको वालमा केही सिनेमाका कलाकारहरुको फोटो थियो । मलाई लाग्यो यो मान्छे निकै हाँसो ठट्टा गर्ने मान्छे होला यसको वालमा नयाँ नयाँ कुरा देख्न पाईनेछ ।

मैले उसलाई ‘फ्रेन्डरिक्वेस्ट’ पठाएँ । उसले एक्सेप्ट पनि ग¥यो । यसैगरी जीवन घस्री राख्याथ्यो कि छोरी भैहाली । त्यसपछि सबै कुरा टक्क अडियो । पहिलो दुई बर्षसम्म त कुनै होस नै रहेन कि म कहाँ छु । अब छोरी तीन बर्षकी भैसकी तर अहिले पनि आफ्ना लागि समय निकाल्न सजिलो छैन ।

घरी–घरी कसैसँग कुरा गरौँ भन्ने लाग्छ तर जसै फोन उठायो छोरी विडियो हेर्न भनेर आई पुग्छे । कहिले काँही त निकै ‘फ्रस्टेसन’ हुन्छ । मलाई यो के भैरहेको हो ? यसरी जीवन जीउनुको अर्थ ? भन्ने लागि रहन्छ । मात्र एउटी आमा र कसैकी स्वास्नी बनेर मेरो जीवन सकिएको छ ।

त्यसैले मैले के निर्णय गरेकी छु भने मैले यी सबै आफ्नी छोरीको जीवनमा हुन दिन्न । उसलाई केही बनाउनेछु । उसले आफ्नो जीवन आफ्नै मुल्य र सर्तहरुमा बाँचोस ।

बीबीसीले भारतीय महिलाको वास्तविक जीवन कथा समेटने गरी #HerChoice श्रृखला चलाएको छ ।

सुरविना कार्कीको सेक्सी सेल्फी भाइरल बन्दै, कारण यस्तो

काठमाडौँ । अहिले नेपाली फिल्मका कलाकार फेसबुकमा भन्दा बढी इन्स्टाग्राममा बढी सक्रिय छन् । इन्स्ट्राग्राम नेपाली मिडियाकर्मी र फिल्मीकर्मीले निकै कम चलाउने भएकाले पनि धेरै अभिनेता र अभिनेत्री यसमा सक्रिय छन् । आफ्ना निकै गोप्य तस्बिर समेत उनीहरु इन्स्टाग्राममा शेयर गरिरहेका छन् ।

अभिनेत्री सुरविना कार्कीले आफ्नो गोप्य अंग आधा भन्दा बढी देखिनेगरि लिइएको सेल्फीको तस्बिर इन्स्टामा शेयर गरेकी छिन् । फिल्म क्षेत्रमा नचलेकी सुरविना हिजोआज के गर्दैछिन् भन्ने कमै मात्र फिल्मीकर्मी र मिडियार्कीलाई थाहा छ । तर, उनी सामाजिक संजालमा भने हट फोटो अपलोड गर्न माहिर छिन् । फिल्ममा नचलेपनि सामाजिक संजालमा चर्चा कमाउन भन्ने सोच उनमा पलाएको हुनसक्छ ।

बजारमा धमाका पिट्दै ‘अदुवा कण्डम’, यस्तो छ बिशेषता

कण्डम उत्पादक कम्पनीहरुले मार्केटिङका लागि केही न केही प्रयोग गरिरहेका हुन्छन् । कहिले नयाँ नयाँ प्रकारका माध्यमबाट त कहिले अनौठो फ्लेवरबाट ।

चकलेट, बटर स्कच, स्ट्रबेरी जस्ता फ्लेवरको कण्डमले यसअघि नै बजारमा धमाका पिटिसकेका छन् । कण्डम उत्पादक कम्पनी मेनफोर्सले हालै एक अनौठो वासना भएको कण्डम सार्वजनिक गरेको छ । सायद दुनियामा पहिलोपटक कम्पनीले अदुवाको बासना आउने कण्डम लञ्च गरेको हो ।

कम्पनीले यो कण्डमको बाहिरी खोलको लुक्स पनि आफ्नो ट्विटर पेजमा सार्वजनिक गरेको छ । अदुवा कण्डमको घोषणासँगै ट्विटेहरु जुर्मुराएका छन् । ट्विटरमा यस विषयमा अनेक प्रकारका प्रतिक्रियाहरु प्राप्त भईरहेका छन् ।

एकजना प्रयोगकर्ताले भनेका छन्, ‘म्यानफोर्स प्रयोग गरौँ, खोकी भगाऔँ ।’ एकजना प्रयोगकर्ताले चाहीँ के यो अदुवा कण्डमलाई चियामा हालेर खान सकिन्छ? भनेर प्रश्न गरेका छन् । स्मरण रहोस् यो कम्पनीले अचार फ्लेवरको कण्डम ल्याएको थियो ।

श्रीमानले सुनिताको मुखमा पिसाब गरेपछि…. पूरा पढ्नुहोला जिन्दगी यहि हो त?

एजेन्सी : छोरी तिमी सधैं माइती बसेर हुँदैन पराई घर जानुपर्छ ।’ म १० वर्षकै हुँदा बुबाले यसो भनेर बिहेका लागि यसरी फकाउनुभएको थियो । बुबाको कुराले चित्त दुखेर धेरै रोएकी थिएँ । धेरै पढेर राम्रो जागिर खाने रहर १२ वर्षमै बिहे भएर ‘पराई घर’ गएपछि तुहिएर गयो । ‘मारे पाप पाले पुण्य’ भनेर अग्निका अगाडि कसम खाएको लोग्नेले बिहेको एक वर्षदेखि रक्सी खाएर पिट्न थाल्यो ।

उ सरकारी कर्मचारी थियो । अफिस काठमाण्डुमा । हामी भैंसेपाटी बस्थ्यौं । हाम्रा दुई बच्चा भए । बच्चा जन्मिएपछि पनि लोग्नेको कुटाई नखाएको रात हुन्थेन । मलाई मात्र होइन, ती अवोध बच्चाहरुलाई समेत उसले खान दिँदैनथ्यो । एकदिन म बाहिर गएको मौका छोपेर उसले डेरामा ताल्चा ठोकेर हिँडेछ । काखमा ५ महिनाकी छोरी र २ वर्षे छोरा लिएर कामका लागि काठमाण्डुको हरेक गल्ली चहारे । स्वार्थी सहरमा कसैले दया देखाएन ।

माइती जाउँ झनै सम्भव थिएन । किनकी हाम्रो समाजमा ‘अर्काको घर गएकी छोरी’ का लागि माइतीको ढोका सधैंका लागि खुला हुन सक्ने थिएन । बिहे गरेर गएपछि माइती जानु पाहुना लाग्न जानुजस्तै हो । यो सोचेर काठमाण्डुमै संघर्ष गर्ने र छोराछोरी हुर्काउने निधो गरें । आमाको कमजोरी, नियती, बाध्यता वा धर्म के हो मलाई थाहा छैन । तर पुरुषले सजिलै बच्चा छाडेर हिंड्न सक्छ र पाउँछ । तर महिलाका लागि त्यस्तो छुट हुँदोरहेनछ ।

उसले छाडे पनि मैले बच्चा छाडेर हिँड्न सकिनँ । छोराछोरीको साँझ–बिहानको पेट भर्न डान्सबारमा काम गर्नपुगें । धादिङकी सानु मगरले डान्सबारमा यो स्तम्भकारसँग पोखेको पीडा हो यो । सानु भन्छिन्, ‘रातदिन रक्स्याहा लोग्नेको पिटाइबाट मेरो करङ भाँचिएको छ, शरीरमा निलडाम अझै छन् ।

सानुका १० र ११ वर्षको छोरी र छोरा छन् । उनीहरुलाई पाल्न डान्सबारमा काम गर्छिन् । सुरुमा पुतलीडकमा रहेको ताजमहल रेष्टुरेन्टमा काम गरेकी उनी अहिले ठमेलको एउडा बारमा डान्स गर्छिन् । यद्यपि उनलाई अहिले राम्रो नाँच्न आउँदैन । ‘तर म नाचीन भने मेरा छोराछोरी भोकै मर्छन्, तिनिहरुका लागि नजाने पनि नाच्नु मेरो बाध्यता हो ।

उनी नाचेरै तीन जना परिवारको गुजारा चलेको बताउँछिन् । ‘अहिले त छोराछोरी अलि ठूला भए । जब साना थिए मैले आमाको दूध खाने समयमा कोठामा थुनेर काममा जान्थें । घर फर्कंदा कहिले बाटाको पानी घोप्टाएर चिसोमा रोइरहेका हुन्थे, कहिले ओछ्यानमै दिसा पिसाब गरी त्यसैमाथि निदाएका हुन्थे’, सानुले ती दिनहरु सम्झिइन् । सानुले सरकारले सिलाइकटाई र ब्युटीसिएनको तालिम दिन्छ रे भन्ने सुनेकी छन् । ‘त्यसका लागि नागरिकता चाहिने रहेछ । मसँग नारिकता छैन । तालिम लिन पाए पछिलाई गरिखाने बाटो हुन्न्थ्यो’, सानुले आफ्नो पीडा सुनाइन् ।

सानु जस्तै राजधानीमा खुलेका अधिकांश डान्सबारमा कार्यरत धेरै युवती विवाहित छन् । उनीहरुका बालबच्चा छन् । कतिले अविवाहित भनी ढाँटेर काम गर्छन् । कतिले आफ्नो बास्तविकता खुलाएरै त्यस क्षेत्रमा काम गरेका छन् । केही वर्षअघिसम्म युवतीहरु काखे बच्चा च्यापेरै कार्यस्थल जान्थे । बच्चालाई एउटा कोठामा थुन्थे र आफू डान्सबार र क्याबिनमा काम गर्थे ।

त्यसरी काम गर्दा आमा र बच्चामा पर्ने मानसिक असरबारे सजिलै अनुमान लगाउन सकिन्छ । नुवाकोटको विकट गाउँकी सुनिता तामाङ (२८) को व्यथा पनि सानुको भन्दा फरक छैन । वर्षमा तीन महिना पनि खान नपुग्ने परिवारकी सुनितालाई बा आमाले ८ वर्षको उमेरमा ९ वर्षको केटासँग बिहे गरिदिए । बिहे लगत्तै बा आमाको निधन भयो ।

१२ वर्षको उमेरमा श्रीमानको घर छाडेर सुनिता माइत पुगिन । जहाँ दाजुले बस्न दिएनन् । अनि साथीहरुको लहलहैमा काठमाण्डु पसिन् । उनले चाबहिलमा ज्यामी काम गर्न थालिन । भन्छिन्, ‘सानी थिएँ, पैसा थोरै दिन्थे के गर्ने बाँच्नलाई जे पनि गर्नै पर्ने ।’ २ वर्ष काम गरेपछि सँगै काम गर्ने एक युवाले खुबै माया गर्न थाल्यो ।

बिहे गर्ने मन त थिएन, तर ज्यामी काम गरेर पनि जहिल्यै चिउरामा छाक टार्नुपर्ने भएपछि पेट पाल्नकै लागि फेरि बिहे गरिन् । बिहे गरेको एक वर्षपछि छोरा जन्मियो । ‘हामी केटी मान्छे त लोग्नेको कमारा रहेछौं, उनिहरुको इच्छामा नाच्नुपर्ने’, उनी भन्छिन् । सधैं रक्सी खाएर लोग्नेले कुट्दा ऐया भन्ने आँट पनि थिएन उनमा । घोप्टो परेर लात थापिराख्नु कष्टकर दैनिकी उनको थियो । कुटाइको त कुरै भएन ।

यतिसम्मकी श्रीमानले रक्सीको नशामा मुखमै पिसाब गरिदिन थाल्यो । सधैंको पीडा खप्नुभन्दा एक्लै बाँच्छु भन्ने सोचेर छोरा च्यापेर घरबाट हिँडिन सुनिता । एक्लै हुँदा त के खाउँ थियो । छोरा पनि थपिएपछि त कष्ट थपियो । बाध्य भएर साथीको सहयोगमा डान्सबाररमा काम गर्न थालिन् उनी । सानो छोरालाई कोठामा थुनेर सधैं काममा जानुपर्ने ।

छोरा रातभर रुँदै ओछ्यानमै दिसा पिसाब गरेर चिसोमै निदाउँथ्यो । ‘शरीर डान्सबारमा भएर के गर्नु मन डेरामा हुन्थ्यो छोरासँग’, उनी भन्छिन् । छोरालाई पढाएर ठूलो मान्छे बनाउँने सपना उनको छ । ‘आमाले गरेको दुःख सम्झेर उसले मलाई पाल्छ होला नि’, मन बुझाउँने बाटो थियो उनको छोरा । गाउँकी सोझी केटी । डान्सबारमा फिल्मको हिरोइन जसरी नक्कल पारेर ग्राहक खुसी पार्नुपर्ने ।

एक रात काममा गएकाबेला छोराले खाटबाट लडेर खुट्टा भाँचेछ । ‘ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेको त्यही होला । काममा नजाऔं, बाँच्ने आधार छैन । जाऔं बिरामी छोराको हेरविचार गर्ने कोही छैन ।

एक वर्षसम्म छोरालाई जोरपाटीको हाडजोर्नी अस्पतालमा छाडेर काममा गइन् उनी । एक वर्षमा पनि भाँचिएको खुट्टा निको भएन । अहिले उसको खुट्टा चल्दैन । वैशाखीको भरमा भित्रबाहिर गर्छ । छोरा पढाएर ठूलो मान्छे बनाउने धोको पूरा भएन । सुनिता अहिले बहिनी ज्वाईँसँग बस्छिन् । एउटा साँघुरो कोठा छ । त्यसमा एउटा खाट । त्यसमै सबै जना खाँदिएर सुत्छन् ।

डान्सबारको कमाई महिनामा जम्मा ३५ सय । महिनाभरिको कमाइले खानसमेत पुग्दैन । छुट्टै कोठा लिएर बस्नु त परैको कुरा । ‘त्यसैले लाजै पचाएर बहिनीको डेरामा बसेकी छु’, सुनिता भन्छिन् । उमेर छँदासम्म त यो पेशा गरौँला तर उमेर ढल्केपछि के गरेर बाँच्ने भन्ने चिन्ताले उनलाई सताउँछ । सीपमुलक तालिम नागरिकता खोज्छन् । उनको नागरिका छैन । ‘मेरो त भएन, पछि छोराको कसरी कसरी नागरिकता बन्छ होला ?’ उनलाई चिन्ता छ ।

दमौलीकी मीना ठकुरीका तीन छोराछोरी छन् । बाबुआमाले १६ वर्षको उमेरमा ३५ वर्षको केटासँग बिहे गरिदिए । परिवार पाल्नकै लागि डान्बारमा काम गर्न पुगिन् । जुम्ल्याहा दुई छोरा छोरी र जेठो छोरासमेत गर्दा पाँच जनाको परिवार । श्रीमान केही काम नगर्ने । बाध्य भएर छोराछोरी पढाउन डान्सबारमा काम गर्न पुगिन् उनी पनि । ‘दूध खाने जुम्ल्याहा बच्चालाई कोठामा छाडेर काममा जान्थेँ, लोग्ने कता जान्थ्यो थाहा छैन ।

मनलागे घर आउँथ्यो नत्र बाहिरै रात बिताउँथ्यो । छोराछोरी पाल्ने ठेक्का आमाको मात्र हुनेरहेन । मैले सयौं पुरुषसँग नाटकीय शैलिमा नजिकिनु पर्यो, उनीहरुको ईशारमा नाच्नु पर्यो’, मीना भन्छिन् । मीनाका छोराछोरी ठूला भइसकेका छन् । छोराछोरीले नरमाइलो मान्लान् भन्ठानेर ‘अस्पतालमा रातिको काम गर्छु’ भनेकी छन् ।

थाहा पाए भने ‘छोराछोरीले आमाले डान्सबारबाट कमाएको पैसाले पढ्नुभन्दा नपढी बस्छौ’ भन्छन् कि भन्ने चिन्तामा उनी छिन् । छोराछोरी बुझ्ने भइसकेकाले उनीहरुले थाहा पाउनुभन्दा पहिल्यै सानो पसल खोलेर बस्ने विचार उनको छ । ‘उनीहरुकै राम्रोका लागि डान्सबारमा काम गरे पढाएँ, हुर्काएँ अहिले तिनैले यस्तो काम गरिस् भनेर धिक्कार्छन् कि भन्ने डर छ मलाई’, उनले भनिन् । श्रोत: अमेरिका नेपाल
महिनावारी हुँदा कसरी यौन सम्पर्क गर्ने ? प्रत्येक पुरुषले ख्याल गर्नु पर्ने १० प्रयोगहरु

महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया हो मासिक श्राव । तर यो विषयमा थरिथरिका विचारहरु पाइन्छन् । परम्परागत हिन्दू धार्मिक मान्यताले महिनवारीको समयलाई अछूतका रुपमा व्यवहार गर्दछ । हिन्दूहरुका अनुसार, महिनावारी हुँदा महिलाको शरीरबाट फोहोर रगत निस्किने हुँदा उनी अशुद्ध हुन्छिन् । त्यसैले महिनाबारी हुँदा महिलालाई खाना पकाउन नदिने, पूजाआजामा सहभागी हुन नपाइने, अरुसँग नछोइकन बस्नुपर्ने नियम बनाइएका छन् ।

तर समयक्रम परिवर्तन हुँदै जाँदा यो प्रक्रियालाई सामान्य नियमित जैविकीय अवस्थामा लिएर महिलाहरुलाई महिनावरी भएकै कारण गरिने छुवाछूतलाई अस्वीकार गर्ने मान्यता र संस्कारको विकास हुँदै गएको छ।महिनावारी हुँदा शरीरबाट फोहोर रगत निस्किन्छ तर उचित सरसफाई गर्ने हो भने महिलासँग कुनै किसिमले छुवाछूत हुनुहुँदैन भनेर सामान्य व्यवहार गर्ने चलन बढ्दै गएको हो । चिकित्सा विज्ञानले महिनावारीलाई सामान्य अवस्था मान्दछ । सरसफाईमा विशेष ध्यान दिने भने आग्रह गर्दछ विज्ञानले ।

तर महिलालाई टाढै राख्नुपर्ने, यसलाई अनौठौ र अशुद्ध अवस्थाका रुपमा हेर्न नहुनेमा सबैले जोड दिएका हुन्छन् ।।तर यौनसम्पर्कको बारेमा नि ? यहाँ पनि थरिथरिका गलत र भ्रामक धारणाहरु फैलिएका हुन्छन् । कतिपयले महिनावारीमा यौनसम्पर्कको कुरा गर्दा छिः छिः भन्ने गर्दछन् भने कतिपये यसलाई सामान्य अर्थमा लिन्छन् । महिनाबारीमा सेक्स गर्ने कि नगर्ने त ? हिन्दू मान्यताले त महिलालाई छुनै नहुने भन्छ त्यसैले त्यो आधारमा हामीले कुरा गर्दैनौं तर स्वास्थ्यविज्ञानले भने यस्तो अवस्थामा पनि यौनसम्पर्क गर्न सकिने बताउँछ ।

मुख्य कुरा सरसफाईको भएकोले त्यसमा ध्यान दिने हो भने सेक्स गर्न महिनावारीले नछेक्ने स्वास्थ्यविज्ञानले बताउँछ । आउनुस् महिनावारी सेक्सका बारेमा केही तथ्यहरु थाहा पाऔं ।

१. महिनाबारी हुँदा सेक्स गर्न सकिन्छ तर यसका लागि कण्डमको प्रयोग अनिवार्य गर्नुपर्छ । योनीको कोमलता बढ्ने र पुरुषको लिंगको घर्षणले संक्रमणको सम्भावना हुने भएकोले कण्डमको प्रयोग गर्दा सुरक्षित सेक्स गर्न सकिन्छ । मासिकश्रावको बेला बग्ने रगत खराब हो, यसले हानी गर्छ भनेर डराउनु पर्दैन ।यदि पुरुष र महिलामा कुनै यौनरोग छैन भने यसले फरक पार्दैन । तर यदि पुरुष या महिलाको यौनांगमा घाउ, खटिरा छ, घाउ छ या कुनै किसिमको यौनरोग छ भने यो निकै छिटो सर्न सक्छ । त्यसैले यो कुरामा विशेष ध्यान दिनुपर्दछ ।

२. महिनाबारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । केही अवस्थामा भने महिनाबारी भएको बेला पनि गर्भ रहन सक्ने सम्भावना हुन्छ । खासगरी महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनाबारी हुने महिलामा गर्भ रहन पनि सक्छ । तर यो सम्भावना निकै न्यून हुन्छ ।

३. यदि यौनसम्पर्क गर्दा लिंगमा रगत लागेमा डराउनु पर्दैन । तपाई घिनाउनु भएन र रगतलाई राम्रोसँग सरसफाई गर्नुभयो भने यसले हानी गर्दैन ।

४. महिनाबारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता गलत हो ।

महिनाबारीका बेला पाठेघरको मुख खुला हुने र लिंग पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम धारणा छ तर त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट छिर्ने सम्भावना हुँदैन ।

५. महिनाबारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिटै रोकिन्छ भन्ने कुरा गलत हो । सम्भोगका बेला पाठेघर खुम्चिन्छ, जसका कारण एकैचोटीमा धेरै रगत बाहिर निस्किने हुनसक्छ । यसो गर्दा अरु बेला जस्तो पछिल्लो रगत अलि समयपछि आउन सक्छ । तर यो सामान्य हो ।

६. रजस्वलाका बेला यौन सम्पर्क गर्ने महिलामा दुखाइ कम हुन्छ । यसका धेरै कारण हुन सक्छन्, पहिलो चरमोत्कर्षका बेला सरिरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ र दोश्रो दुखाइ महसुस गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले त्यसपछि तल्लो पेट दुख्न कम हुन्छ ।

७. यौनसम्पर्क र्दा उभिएर या हलुका किसिमले पेटलाई बढी नथिच्ने किसिमले सेक्स गर्दा राम्रो हुन्छ । तर पुरुषले महिलालाई इच्छा छैन भने जबर्जस्ती भने गर्नु हुँदैन ।

८. यसका साथै रगत बग्ने सम्भावना भएकोले पहिला नै रगत पुछ्ने कपडा या नेपकिन राखिराख्दा राम्रो कतिपय महिलाहरुले कपको पनि प्रयोग गर्दछन

९. रजस्वला भएका बेला मुखमैथुन गर्न मन लागे त्यो तपाईमा भर पर्छ । सकेसम्म यस्तो नगर्दा राम्रो । किनभने रजस्वलाको बेला रगत मुखमा लाग्न सक्छ । अर्को कुरा दांत या गिजामा कुनै संक्रमण भए त्यो सर्न सक्छ । तर तपाईले मुख मैथुन नगरी नहुने प्रण गर्नुभएको छ भने डेन्टल डामको प्रयोग गर्न सक्नुहुन्छ । तर हामी तपाईलाई सकेसम्म मुख मैथुन नगर्न सल्लाह दिन्छौं ।