पत्नी संग यस्तो गरेको बेला भिडियो खिचेर लाइभ गर्ने पति



एजेन्सी : भारतको हैदरावादमा एक सफ्टवेयर इन्जिनियर आफ्नो श्रीमतीका साथ बिताएको अन्तरंग पललाई पोर्न साइटमा अपलोड गरेको आरोपमा पक्राउ परेका छन् ।

भारतीय साइबर अपराध शाखाले लामो अनुसन्धनपछि ती सफ्टवेयर इन्जिनियरलाई पक्राउ गरेको हो । हुन त २०१६ को नोभम्बर मै अभियुक्तकी श्रीमतीले यसबारे प्रहरीमा उजुरी गरेकी थिइन् । पीडितलाई उनको साथीले यसबारेमा जानकारी दिएकी थिइन् तर पीडितलाई श्रीमानले नै यस्तो घटिया हर्कत गरे भन्ने चाहिँ कुनै शंका थिएन ।

अनुसन्धानका क्रममा सफ्टवेयर इन्जिनियर एक पोर्न साइटको एजेन्टको रुपमा कार्यरत खुल्न आएको थियो । उनले सोहि वेवसाइटमार्फत पत्नीका साथ बिताएको अन्तरंग पलको लाइभ गर्ने गर्थे । जुनकुरा उनकी श्रीमतीलाई थाहै हुन्नथ्यो ।

प्रहरी टीमले केरलको थ्रिसूरबाट पनि एक व्यक्ति यस्तै कार्यमा संलग्न रहेको पत्ता लगायो तर उनले अर नै साइटबाट डाउनलोड गरेर अपलोड गर्ने गरेको खुल्न आयो । साइबर अपराध शाखाका सहायक पुलिस कमिस्नर एस जयरामले केरकारका क्रममा पतिले अपराध स्वीकार गरेको बताए । उनका अनुसार पतिले स्वीकार गरेका छन् कि उनी बच्चैदेखि पोर्नेग्राफीमा शौखिन थिए । र उनले त्यसबापट केहि पैसा पनि कमाए ।

प्रहरीका अनुसार पतिले भिडियो खिच्ने क्रममा निकै चलाखी अपनाएको पाइयो । उक्त लाइभ भिडियोमा मात्र श्रीमतीको मात्र अनुहार देखिन्थ्यो । अनुसन्धानको क्रममा यो पनि खुल्न आयो कि पतिले आफ्नो पत्नीका साथ अन्तरंग पल बिताउँदा आफ्नो ल्पापटमा कुनै फिल्म चलाएर खाल्थे ।

तर, साथसाथै वेव क्यामेराबाट अन्तरंग पलको लाइभ पनि गराइरहेका हुन्थे । सुरुमा केरकारमा क्रममा पीडक आफूलाई गलत आरोप लगाइएको भन्दै रुष्ट बनेका थिए अन्तत उनी अपराध स्वीकार्न बाध्य भए । लोकान्तर बाट